काठमाडौं– बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा ‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न भएको छ । यस अवार्डमा यो बर्षको सर्वो उत्कृष्ट गायिका मल्लिका कार्की ‘रातै सारी रातै चुरा’ बाट घोषणा गरिएको छ । उनले प्रतिद्वन्दी एलिना चौहानको तिज गित कस्ले देख्यो र बीस बर्ष पाखुरी माइतिलाइ दिएको बहु चर्चित तिज तिगितलाइ पछि पार्दै अवार्डको हकदार बनिको छिन ।
अहिलेसम्म ५ करोड भियु पाउन सफल रातै सारी रातै चुरा बाट संगितकार तारा प्रकाश लिन्बुले कस्ले देख्यो र बीस बर्ष पाखुरी माइतीलाई दियोको संगितकार दिपक सर्मालाइ समेत पछि पार्दै अवार्ड हासिल गरेको छ्न । संगितकार दिपक शर्मा संगितकारमा अवार्ड हासिल न गरेपनी बर्षको सर्वोउत्कृष्ट गितकारमा यही तिज गितबाट सर्वश्रेष्ठ गितकार घोषणा गरिएको छ ।
त्यस्तै यो बर्षको तिजको सुन्दर म्युजिक भिडियो रातै सारी रातै चुरा बाट उत्कृष्ट सम्पादनमा मिलन बिस्वकर्मा ,छांयाकारमा हरि हुमागाइले एक दर्जन प्रतिस्पर्धामा आएकोलाइ पछि पार्दै आफुलाइ आफ्नो बिधामाअवार्डमा अब्बल साबित गरे।
यो बर्ष को उत्कृष्ट तिज मोडल भन्ने कस्ले देख्यो र तिज गितको मोडल अञ्जली अधिकारी छानिएको छिन उनले नायिका निता ढुंगाना ,रेजिना उप्रेती दिपा श्री निरौलालाई समेत पछि पार्दै तिज अवार्डको उत्कृष्ट मोडलमा चुनिएको छिन भन्ने नित्य निर्देशकमा स्मृति तिमिल्सिनाले पाउजु बजाउदै बाट उत्कृष्ट नित्य निर्देशमा बाजि मारिन ।
कुल ७३ वटा तिज म्युजिक भिडियोलाई पछि पार्दै संकर बिसिले तिजको रहर रातै सारी रातै चुरा बाट आफुलाइ उत्कृष्ट भिडियो निर्देशक प्रमाणिात गरे । तसैगरी यो बर्षको उत्कृष्ट नव मोडल स्यमा श्रेष्ठ पाउजु बजाउदै बाट बर्षको उत्कृष्ट नव तिज मोडलको अवार्ड प्राप्त गरिन । यसै तिज म्युजिक भिडियोबाट सम्पादकमा पदम सुबेदि र महिला तिज उत्कृष्ट मोडलमा नरेश वीर सिंहले अवार्ड प्राप्त गरेको छन। यो बर्षको तिज म्युजिक भिडियोमा नव गायिकामा रिय्योना (रन्जना) कार्की माइती जानेहो बाट एक दर्जन नव गायिकाहरुलाई पछि पार्दै उत्कृष्ट ठहरिन ।
तिज म्युजिक भिडियो कलरमा मिलन बिस्वकर्मा ,मिक्सिङमा श्याम राइ, संगित एरेन्जरमा नरेन्द्र बियोगीले नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड ३०८० प्राप्त गरेको छन। तिजको पुर्वसन्ध्यामा आयोजित नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८० मा हरितालिका तिज महिला पत्रकारिता पुरुषकारमा मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ तीज महिला पत्रकारिता सम्मान–२०८० बाट सम्मानित भएकी छन् ।
नेपाली महिलाहरुको महान पर्व तीज अवार्डको अवसरमा प्रकाशक श्रेष्ठलाई विगत २१ वर्षदेखि मध्यान्ह दैनिक निरन्तर प्रकाशन गरेर नेपाली पत्रिका प्रकाशनको श्रीवृद्धि गर्न अविछिन्न सेवासहित योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । प्रकाशक श्रेष्ठलाई कार्यक्रमकी प्रमुख अतिथि एवम् राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले सम्मान पत्र र बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आर के सुवेदीले फूलमाला अर्पण गरेर सम्मान गरेका थिए ।
अवार्डमा कार्यक्रममा स्वास्थकर्मी कमला थापा र चलचित्र निर्माता वितरक रत्न श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा कलाकार निर्माता आर के मानन्धर , राम भक्त श्रेष्ठ ,चेतनाथ दंगाल,अमर वलि ,हरि चन्द्र फुयाल ,सुमित्रा अधिकारी ,रामशरण श्रेष्ठ ,किरण श्रेष्ठ ,राखिन्द्र कुमार थिंग,सपना कंडेल ,उदव भट्टराई ,सुर्यकला आचार्य ,सावित्री घिमिरे ,सुरेन्द्र श्रेष्ठ ,कमल खड्का ,रबिन गहतराज ,मनि संकर,टिकाराम संकर, पदम दर्नाल लगाएतलाइ तिज कोसेलीबाट संमान गरियो ।
कार्यक्रममा निर्णायक मण्डल वरिष्ठ निर्माता किशान पोख्रेल, निर्देशक सत्यराज चौलागाईं, कलाकार केदार खड्का, निर्देशक शिव घिमिरे, नृत्य निर्देशक प्रदीप डंगोललाई बिदाइ गरिएको थियो ।
समीर लामाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि सोव, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्रभाव दैनिकका प्रवन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटालगायतले तीजको शुभकामनाका साथै बक्स अफिसका अध्यक्ष सुवेदीले गरेका कार्यहरुको प्रसंशा गरेका थिए ।