काठमाडौं– सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिइने जनाइएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिस।ेर्टहरूमा सेवा लिँदा विशेष छुट पाउने जनाइएको छ ।