काठमाडौं - केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई पचास रुपैँया छुट अभियान सुरु भएकाे छ । आउदै गरेको चाडपर्वलाई लक्षित गरी सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ नमस्ते पे कम्पनीले याे अभियान सुरु गरेको हाे ।
यस अभियानअन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुने कम्पनले जनाएकाे छ।
नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्।
प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाइसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ।