काठमाडौं– एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रूपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्ने भएको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितिय सुविधा साँच्चै चमत्कारिक भएको बैंकको दाबी छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई भएता पनि यस बैंकको यस खातामा उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको बैंकको दाबी छ ।
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकका लागि अकल्पनीय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने बैंकले जानकारी दिएको छ । यसमा खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा रु १० लाख, १८ घातक रोगहरूको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध भएको बैंकले जनाएको छ ।