डोल्पा – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित सरस्वति माविलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले एक कार्यक्रमको आयोजना गर्दै ५००००।– रूपैयाँ सहयोग गरेको हो । उक्त सहयोग रकम हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासियरूपमा अध्ययन गरिरहेका २० जना छात्राहरूको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने कुरामा खर्च गरिने विद्यालयले जनाएको छ । यस किसिमको सहयोगबाट विद्यार्थीहरूको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।