बिज्ञानले थुप्रै कुराको अविष्कार गरेको छ । यहि अबिष्कारसँगै थुप्रै बिनास पनि हुने गरेको छ । प्रसंग संचारको चर्चित साधनको रुपमा परिचित मोबाईलको हो । जसले थुप्रै सहजता बनाईदिएको छ । यसका फाईदा धेरै छन् हुन त जहाँ फाईदा हुन्छ त्यहाँ बेफाईदा पनि त्यत्तिकै मात्रामा बिज्ञानले थुप्रै कुराको अविष्कार गरेको छ ।
यहि अबिष्कारसँगै थुप्रै बिनास पनि हुने गरेको छ । प्रसंग संचारको चर्चित साधनको रुपमा परिचित मोबाईलको हो । जसले थुप्रै सहजता बनाईदिएको छ । यसका फाईदा धेरै छन् हुन त जहाँ फाईदा हुन्छ त्यहाँ बेफाईदा पनि त्यत्तिकै मात्रामा हुन्छ । सञ्चारको सहज उपलब्वताका लागि मोबाईल प्रयोग गर्ने गरेको पाईन्छ तर यसको सदुपयोग भन्दा धेरै दुरुपयोग गरेको पाईन्छ । नेपालगञ्जमा हुने धेरै कार्यक्रमहरुमा मोवाईल आतँकनैं मच्चिएको पाईन्छ ।
बौद्धिक व्यक्तित्वहरुको जमट हुने एकाध कार्यक्रम बाहेक सबै कार्यक्रममा उपस्थित हुने बौद्धिक व्यक्तिहरुका हातमा मोवाईल हुन्छ । जसलाई स्विचअफ गर्नु त टाढाको कुरा भयो । साईलन्ट वा भाईब्रेसनमा राख्नु पर्छ भन्ने बारेमा न त मोवाईलधनिहरु सचेत भएको पाईन्छ, न त आयोजकहरुनैं । ठूलो भोलममा मोबाईल बज्दा कार्यक्रमको मर्यादानैं भंग हुने गरेको छ तर पनि त्यहि मोबाईल अर्काे पटक पनि बज्ने गर्दछ ।
कुनै कुनै कार्यक्रममा त मोवाईलकै आवाज गुञ्जायमान हुने गर्दछ । कसैकसैले त भाषण गर्दानैं मोबाईल रिसिभ गर्ने गरेको
पाईन्छ । बिभिन्न गितहरु, अरुलाईनैं बितृष्णा हुने खालको रिंगटोनहरु राखि घन्काउने गरेको पाईछ । एउटाको फोन आयो भने सबै हाँस्दा पनि ति मोबाईल धनिले कुरा नबुझि अर्काे पटक बज्दा सम्म चाल गर्दैनन् यो अनुशासनहिनताको नमुना हो । कार्यक्रममा मोवाईल स्विच अफ गरेर वा साईलेन्टमा राखेर अरुलाई डिष्टर्ब नहुने गरि एस.एम.एस गरि वा बाहिर गई सभ्यताको उदाहरण प्रस्तुत गर्ने की ?
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:४१