काठमाडौं - कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुन(NS Unisex Salon)बीच सम्झौता भएकाे छ ।कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच विभिन्न सेवासुविधामा छुट दिने सम्बन्धमा बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हाे ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित सैलुनले प्रदान गर्ने सेवामा हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।