काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक आज दिउँसो १२ः३० बजेलाई बोलाइएको हो ।
स्रोतका अनुसार बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने छ । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।
मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।