पोखरा (प्रसं)–नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरूले भिजिट नेपाल प्रदर्शनी गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भण्डारीले बताए ।
पोखरा सार्बजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक्रममा नेपाली चिनारी झल्काउने चित्रहरू संगै अन्य कलाहरूको पनि प्रदर्शन गरिएको थियो ।
यस कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरूले कार्यक्रम स्थल अबलोकन गरी भिडियो मार्फत नेपाली संस्कृतिको बारेमा अझ बढी बुझ्ने अवसर पाएको बताए । यस कार्यक्रममा अमरसिंह मा.वि का विद्यार्थीहरूले बनाएका कलाहरू समेत प्रदर्शनीमा राखिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६ ०७:०५