कुरा यही मंगलबारको हो म साथिहरुसँग नेपालगन्ज स्थित महेन्द्र पार्क गएको थियो । पछिल्लो समय नेपालगन्जमा बढेको गर्मिमा केही सितलता प्रदान गर्न र घुम्ने मनसायले साथीहरुसँग दिउसोको चर्को गर्मिलाई छिचोल्दै त्यहाँ पुगेको थिए । बाहिर भन्दा केही सितल भएर होला महेन्द्र पार्कमा केटाकेटीहरुको उपस्थिती उल्लेख्य नै देखिन्थ्यो । म पनि साथीलाई लिएर पार्कको एकाछेउमा बसे साँच्चिकै त्यहाँ बस्दा सम्म सितलताको महसुस भयो कारण थियो पार्क भित्रको शान्त र मनोरम बातावरण ।
केही समयको बसाईपछि म र साथि पार्कको अलोकन गर्न थाल्यौँ । पार्कमा केही जनावरहरु र केही चराचुरङ्गी बाहेक खासै हेर्नलायक केही भेटिएन । घुम्दै घुम्दै घर फर्किने सोचाईका साथ हामी पार्कको मुल गेटतर्फ लाग्याँै सोही समय मेरा आँखा पार्क भित्र रहेको एउटा रुखमा टाँसिएको बोर्डमा गयो मैले जिज्ञासाका साथ त्यो के रहेछ हेरे हेर्दा अचम्म लाग्यो त्यहा लेखिएको थियो “फुल टिप्न सख्त मनाही छ, फुल टिपेमा ५५१ रुपैया जरिवाना लाग्नेछ” । त्यो देखेपछि मैले पुनः पार्कको दायाँ बायाँ आँखा दगुराए तर पार्क भित्र कहिँ कतै पनि फुल देखिएन । मैले थाहा पाए अनुसार महेन्द्र पार्क नेपालगन्जको पर्यटकिय स्थान मध्येको एक हो जहाँ जनावर सँगै राम्रा राम्रा फुलहरु बिगतमा थिए रे तर केही बर्ष यता त्यस्तो छैन । नेपालगन्ज शहरको बिचमा अवस्थित सो पार्क ब्यवस्थापन गरि साँच्चिकै हेर्न लायक बनाउन जरुरी छ अन्यथा केही बर्ष पछि सो पार्कको अस्तित्व नै सकिनेमा दुईमत छैन । सम्बन्धित निकायको ध्यान चाँडै जाओस् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:४३