काठमाडौं- जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा असोज १२ देखि १८ सम्म आयोजना भइरहेकाे छ।नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गरेकाे हाे ।
यो क्याम्प जि.डब्लु.एमको काठमाडौं रुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना भइरहेकाे छ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्न र एक्सचेन्जको विशेष अवसर प्राप्त गर्ने भएका छन् ।
यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दछ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्नेछ ।
ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जि।डब्लु।एम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले MI टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग 7KW फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् ।
जि.डब्लु.एम टेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुर्ण बनाउन कम्पनी तयार रहेको छ ।
जि.डब्लु.एमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ । ओरा ०३ इभी ले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ र आधुनिक रेट्रो डिजाइन मिश्रित छ ।