काठमाडौं - सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यास ब्याक योजना सार्वजनिक गरेकाे छ । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याककाे योजना ल्याएको हाे ।
ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै याे याेजना सार्वजनिक गरेकाे हाे । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएकाे छ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन् नेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यास ब्याक प्रदान गरिने छ ।