शिक्षा-स्वास्थ्यमा भ्रष्टाचार भएकाे भन्दै समाजिक अभियन्ता प्रमाेदराज जोशीले आक्राेश पाेखेका छन् । कैलालीकाे गोदावरी घर भइ हाल काठमाडौंकाे माइतघरमा उनले एकल आन्दाेलन जारी गरेका छन् ।
उनी एक्लैले लगातार ५४ दिन आन्दाेलन जारी गरेकाे बताएका छन् । सरकारले गेटा विश्वविद्यालयकाे पक्षमा विधेयक जारी भए पनि जनतालाई चित्त बुझ्दाे नभएकाे उनले बताए । छ सय शैयासहितकाे गेटा विश्वविद्यालय हुनुपर्ने उनले माग गरेका छन् ।