काठमाडौं - दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिंगले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिंगले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको हाे ।
ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्ने जनाइएकाे छ ।
दराजका अनुसार असोज १७ गतेबाट लागू हुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरु छन् ।
यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत ९रु १,५०० सम्म र क्रेडिट कार्डमा २० प्रतिशत,रु २,००० सम्मको छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिंग भउचर पनि प्रप्त गर्ने मौका दिएकाे दराजले जनाएकाे छ ।
दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिंग अनुभव संगाल्दै जीवनमा उमंग भर्ने अवसर रहेकाले दराज परिवार सम्पूर्णलाई ‘दराज दशैं धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गरेकाे छ।