काठमाडौं - नेपालमा नै केही सीपका काम गरीयाे भने स्वदेशमै प्रशस्त सम्भावना छ । मेकअप आर्टिष्ट गौतमले नेपालमा नै चर्चित चलचित्रका कलाकारलाई मेकअप गरेर स्वदेशमै प्रशस्त सम्भावना छ भनेर देखाएका छन् ।
विक्रम गौतम अहिलेका ब्यस्त मेकअप आर्टिष्ट हुन् । विक्रम गौतम विगत १२ वर्षदेखि सिने जगतमा मेकअप गर्दै आइरहेका छन् । २०५१ सालमा जन्मिएका गौतमले पुरानो बुलेट, कप्स, विच्छेद, भुगोल, क्रस, मामा जस्ता दर्जन बढी चलचित्रका कलाकारलाई मेकअप गरेर सिंगार्ने काम गरेका छन् ।
मेकअप आर्टिष्ट गौतमले चलचित्रमा मात्र होईन चर्चित नेपाली टेलिसिरियल सक्किगोनी, भद्रगोल, मेरि बास्सै, बुहारी, हालत खराब, क्या जमाना आ, जस्ता थुप्रै टेलिसिरियलमा समेत काम गरिसकेका छन् । म्युजिक भिडियो अन्तर्गत उनले चाहन्छु, सपनिमा, ए काली लगायत थुप्रै भिडिओ तथा बिज्ञापनमा समेत काम गरिसकेका छन् ।
गौतमले हाल कपनमा बि स्टार एकेडिमी एण्ड युनिसेक्स सैलुन सञ्चालन गरिरहेका छन् । उनले ७ जनालाई रोजगारी दिलाएका छन् । उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा एक सय जना जति मेकअप आर्टिस्ट छन् । तर, उत्कृष्ट र चलेका आर्टिस्ट एक दर्जन जति मात्र छन् । उनी त्यो थोरै संख्या भित्र पर्छन् । कामकै सिलसिलामा उनी हुम्ला, जुम्ला, कालिकोट, कैलाली, धनगढी र पूर्वमा धरान, इटहरी, झापा, इलाम लगायत अन्य जिल्ला पुगिसकेका छन् ।
विक्रमका अनुसार अरु पेशामा मन्दि लागे पनि मेकअप आर्टिस्ट पेशामा मन्दि लाग्दैन । यो क्षेत्रमा लाग्नेलाई रोजगारीको समस्या छैन । नगदमै कारोबार हुन्छ । जसले गर्दा जुनसुकै समयमा पनि आर्थिक रुपमा राम्रो आम्दानी गर्न सकिन्छ । ‘अरु ब्यबसायमा ७५ प्रतिशत लगानी हुन्छ । २५ नाफा हुन्छ । हाम्रोमा उल्टो छ । २५ प्रतिशत लगानी र ७५ प्रतिशत नाफा हुन्छ ।’ गौतमले सुनाए । उनकी पत्नि मन्दिरा सापकोटा नेल टेक्निसियन, भाई बिनय गौतम हेयर ड्रेसर, बुहारी रन्जिता मेहेन्दी डिजाइनर र ब्युटिसियन हुन् ।
नेपालमा मेकअप आर्टिस्ट स्टाफ पाउन गार्हो छ । खान, बस्न दिएर ४०र५० हजार रुपैंयाँ दिन्छु भन्दा पनि कामदार पाउन एकदमै गार्हो भएको गौतमले सुनाए । लेडिज स्टाफ पाइए पनि केटा स्टाफ नपाईने झनै समस्या छ । उनका अनुसार यदि कसैले काम सिक्ने हो भने ४०र५० हजार रुपैंयाँ कमाउन गार्हो छैन । काम मज्जाले काम पाईन्छ । नेपालीहरुले काम सिक्ने हो भने भारतीयहरुले यहाँबाट लैजाने ठूलो रकम स्वदेशमै बच्ने उनको तर्क छ । विक्रमले छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७९ अन्तर्गत फिजाई पंख बोलको म्युजिक भिडियोमार्फत सर्बोत्कृष्ट मेकअप आर्टिस्टको सम्मान प्राप्त गरिसकेका छन् ।