काठमाडौं - चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदको क्रिकेट फाइनल खेल वर्षाका कारण रद्द भएको छ ।
खेल सम्पन्न हुन नसके पनि राम्रो वरियता र प्रदर्शनका कारण भारतीय टिमलाई स्वर्ण पदक दिने घोषणा गरिएको हो ।
क्रिकेटको यो फाइनल खेल भारत र अफगानिस्तानबीच भएको थियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ११२ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोक्नुपरेको थियो ।
भारतीय महिला क्रिकेट टोलीले यसअघि एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेको थियो । भारतले अहिलेसम्म २६ स्वर्ण जितेको छ ।