नेपालगञ्जका पर्यटकिय स्थलहरु औंलामै गन्ती गर्न सकिनेछन् । भएका स्थलहरु पनि अस्तब्यस्त छन् । नेपालगन्जलाई नैं चिनाउने पर्यटकिय स्थलहरु संरक्षणको पर्खाईमा छन् । नेपालगञ्जको मुटुमा अवस्थित रानी तलाउ नेपालगञ्ज चिनाउने महत्वपूर्ण पर्यटकिय स्थल हो । जहाँ केही बर्ष अघि बोटिङ्ग हुन्थ्यो, अवलोकन गर्न र बोटिङ्ग गर्न आउनेहरु घुईँचो लाग्थ्यो तर अहिले अवस्था परिवर्तन भएको छ त्यो रमणिय तलाउ अहिले खाल्डोमा रुपान्तरण भएको छ । नेपालगञ्जकोे चिनारीकै रूपमा रहेको रानी तलाउ अहिले फोहोर मैलाले दर्गन्धित बन्दै गएको छ ।
आन्तरिक पर्यटन प्रबद्र्धनका लागि पनि स्थानीय निकाय अग्रसर हुनुपर्ने हो तर सम्बद्ध निकायले यस बिषयमा बेवास्ता गरेको
पाईन्छ । रानीतलाउन नयाँ निर्माणका लागि कार्य शुरु भएको भनिएता पनि त्यो कछुवा गतिमा सिमित छ । नेपालगञ्जलाई चिनाउने
रानीतलाउनको संरक्षण, सम्बद्र्धन र बिकासका लागि पहल गर्नका लागि धेरै ढिलो भईसकेको छ । अब सम्बद्ध निकायका प्रमुख,
राजनीतिक दलका नेता लगाएतका व्यक्तिहरु जुर्मुराउने हो की ?
- राम सोनाम
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:४५