काठमाडौं - सानिमा बैंकका ग्राहकहरुलाई तिलगंगा सिटि आँखा सेन्टरमा छुटको व्यवस्था गरिएको छ ।
आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा सानिमा बैंकले छुटको व्यवस्था गरेको हाे ।
उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।
हेमराज संज्यालका अनुसार ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा रु ५० को परामर्श शुल्क मात्र लाग्ने छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।