एजेन्सी - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग लिन लागेको शिखर सम्मेलनमा अर्मेनियाली नेता निकोल पाशिन्यान अनुपस्थित हुने आयोजक किर्गिजस्तानले मङ्गलबार जनाएको छ । मस्कोको नेतृत्वमा रहेको क्षेत्रीय समूहको बैठकलाई पाशिन्यानले बेवास्ता गर्नु येरेभान र मस्कोबीचको सम्बन्धमा थप धक्का हो ।
हालैका हप्ताहरू येरेभान र मस्कोबीचमा तिक्तता आएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेपछि कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) नेताहरूको परिषद्को बैठकमा सहभागी हुन पुटिन पहिलो पटक बिहीबार बिस्केक जान लागेका हुन् ।
पाशिन्यानले किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभलाई फोन गरेर आफू नआउने बताउनुभएको हो । जसपारोभको कार्यालयले भनेको छ, “आर्मेनियाको प्रधानमन्त्रीले विभिन्न परिस्थितिका कारण कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) नेताहरूको परिषद्को बैठकमा भाग लिन नसक्ने घोषणा गर्नुभएको छ ।”
अजरबैजानले आर्मेनियाको बाहुल्यता रहेको नागोर्नो–काराबाख क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्न व्यापक अभियान सुरु गर्दा रूसले हस्तक्षेप गर्न नचाहेको कारण पाशिन्यानले काराबाख सङ्कटमा मस्कोको भूमिकाको आलोचना गर्नुभएको छ । अजरबैजानले अर्मेनियाली जनताको पुख्र्यौली घर मानिएको पर्वतीय क्षेत्रलाई सेप्टेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो, एक दिवसीय आक्रमणपछि जातीय अर्मेनियाली जनसङ्ख्याको सामूहिक पलायन शुरू भएको थियो ।् आर्मेनियाली सांसदहरू आइसिसीमा सामेल हुन थालेपछि पाशिन्यानले यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग गत हप्ता युरोपेली शिखर सम्मेलनमा भेट गर्नुभएको थियो । हेगस्थित अदालतले युक्रेनी बालबालिकालाई रूसमा निर्वासित गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।