बाँके - चोरीपैठारीको सामानसहित प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएकाे छ । बाँके जिल्लाको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको ल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो ।
सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए । बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाएको प्रहरीले जनाएकाे छ ।