काठमाडौं - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य बनाउने समझदारीपछि तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा एक जनाले उम्मेदवारी फिर्ता लिए पनि अझै तीन जनाको उम्मेदवारी कायमै रहेकाे छ ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेपछि एमाले सुदूरपश्चिमको अधिवेशन लम्बिएको छ । सहमति गर्ने भन्दै निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय सारिराखेको छ ।