काठमाडौं - सांग्रिला बैंकले महिला बाइक राइडरहरुको स्वागत गरेकाे छ। सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्बन्धि कार्य गर्दै आएकोमा मंगलबार दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा सम्पन्न गरेकाे छ ।
“Stop Sexual Voilence” भन्ने नारा बोकी जनचेतना फैलाउने उद्देश्यका साथ छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा दुई महिला बाइक राइडरहरु नेपाल आएका हुन् ।
सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय सुश्री स्वाती आर र सुश्री अनिता एम को एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरे ।
यस स्वागत कार्यक्रमले उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएकाे छ ।