काठमाडौं– पत्रकार रमेशकुमार बोहोरा सम्मानित भएका छन् । मिलाप मासिकद्वारा आयोजित विशेष समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले उनलाई सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य बोहोरालाई ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरिएको हो । बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादकसमेत हुन् ।
बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गिता अधिकारीले जानकारी दिइन् । पत्रकार बोहोरा बिगत १६ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् ।
काठमाडौं शाखाको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभाग संयोजकसमेत रहेर काम गर्दै आएका बोहोरालाई मिलाप मासिकका सम्पादक कृष्ण भुसालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रबाट समाजलाई उल्लेखनीय योगदान पु¥याएका अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।