काठमाडौं - फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शुक्रबार बिहान पाराग्वेलाई १-० ले पराजित गरेको हो ।
फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई बराबरी रोकिदै अर्जेन्टिना विजयी भएको छ।अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए।
ब्राजिललाई भने भेनेजुएलाले १-१ गोलको बराबरीमा रोक्यो।ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए तर भेनेजुएलाका बेलोले खेल सकिन ५ मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएका हुन् ।छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा दोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ।