काठमाडौं - ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । बिहीबार अलायन्स नामक एक समूहले तयार पारेको १६औं संकरण ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएसँगै नेपाल भोकमरी सूचीमा सुधारोन्मुख देखिएको छ ।
दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ ।सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । कुल १२५ देशको तथ्यांकमा नेपाल ६९ औं स्थानमा रहेकाे छ ।
दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।
यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।
विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो । यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो ।
https://www.globalhungerindex.org/pdf/en/2023.pdf