काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो।
लुक्लाबाट उडेको ‘एन– एएनजे’ कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज बिहान ७: २५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका– ४ लोबुचेमा दुर्घटना भएको थियो।
यसअघि जुलाइ ११ मा मनाङको ‘नाइनएन एएमभि’ कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो।