काठमाडौं– ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी एइक् मेसिनबाट भुक्तानी गर्दा रु. ३ सय देखी रु. ५ सय सम्मको नगद फिर्ता हुनेछ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले योजना अवधिभर कम्तीमा रु. एक हजारको ३ वटा कारोबार गरेमा रु. ३ सय तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गरेका रु. ५ सय को नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।
यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कातिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘Dashain’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम रु. ३ सय सम्मको नगद छुट पाउनेछन् ।
यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कातिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।