नेपालगन्ज खजुरा सडक खण्डमा कालोपत्रे गरेको एक वर्ष नबित्दै सडक क्षतिग्रस्त भएकोछ । समय—समयमा मलहम पट्टी गरे पनि सडक पुरानै अवस्थामा आउने गरेको छ । सडकमा पाँच इन्च सम्मको फलामको रड देखिन थालेकाछन् जसले गर्दा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । गाडीको टायर पञ्चर हुनसक्ने, गाडी मारमा पर्ने, मानवीय क्षती समेत हुनसक्ने सम्भावना रहेको छ भने रातीको समयमा त गाडी चलाउँदा ज्यानै जान सक्ने खतरा समेत छ । यस तर्फ सम्बन्धित निकाएको ध्यान कहिले जाने ?
- रामकुमार चौधरी
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:४९