काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिका– १५ ज्ञानचक्षुमार्गस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई रु.८०,०००।– को आर्थिक सहयोग प्रदान गरेको हो ।
उक्त सहयोग रकम विद्यालयमा अध्ययन गरिरहेका गरिब एवं अपांग विद्यार्थीहरूको शिक्षामा खर्च गरिने विद्यालयले जनाएको छ । यस किसिमको सहयोगबाट विद्यार्थीहरूको पठनपाठन एवं जीवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।