काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनीको ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनि ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम रू. २,०००÷ सम्म छुट प्राप्त गर्न सकिनेछ । यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल ३१९ शाखा कार्यालयहरू, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।