काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरूप बैंकले उक्त खाता संचालनमा ल्याएको छ । ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरूले मात्र रु २५ मा नै खोल्न सक्ने जानकारी बैंकले दिएको छ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरू रहेका छन् । साथै, अन्य ग्राहकमुखी विशेषतासहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरूको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको जनाएको छ ।