काठमाडौं – जीएससी एमएफआई इन्टेल एक्सप्रेस र जिएमई रेमिट प्रालिबीच विप्रेषण सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र जेएससीको तर्फबाट प्रमुख निर्देशक डेभिड ताभार्किलाज्दे हस्ताक्षर गरेका छन् । सम्झौतापछि इन्टेल एक्सप्रेसमार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिटको ८००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगाएत खाडि मुलुकबाट रेमिट्यान्स कारोबार गर्दै आएको जनाएको छ ।