रुकुम पश्चिम - डिमुर , अम्बा, चिउरी बाट बनेको वाइन असोज २९ गते देखि बजारमा आएको छ । कर्णाली वेभरेज ईन्ड्रस्ट्रीज प्राली द्वारा उत्पादित डिम्मुर नामक ’वाइन असोज २९ गते काठमाडौ, पोखरा लगायत ठुला सहरहरुमा नियात गरेको कर्णाली वेभरेजका अध्यक्ष दल बहादुर शाहले जानकारी दिए ।
यस जिल्लामा उत्पादन भएका किवि, सुन्तला, डिमुर अम्बा, चिउरी पलमहरुबाट स्थानीयलाई रोजगार लक्षित गरि सञ्चालनमा ल्याइएको उद्योगले उत्पादन गरेको वाइन अन्य वाइन भन्दा फरक रहेको कम्पनीले बताएको छ । दुई वर्ष पहिलेअघि नै डिमुरको ब्राण्ड वाइन बजारमा आएको थियो तर विधिव कारणले निरन्तर आउन सकेको थिएन ।
अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीका अध्यक्ष दल बहादुर शाहले जनाएका छन् । उनका अनुसार नेपालका मुख्य बजारमा लिने गरी उत्पादन गरिएको छ ।
पश्चिम नेपालका पहाडी जिल्लामा उत्पादन भएको किवी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको वाइनको बजारीकरण तयार गरेकाे शाहले प्रभावसँग बताए । शाहका अनुसार उच्च प्रविधिबाट वाइन उत्पादनको काम सबै सकिएको र बजारमा लैजान मात्र बाँकी रहेको छ ।
एक लाख लिटर वाईन बजारमा लैजान तयारी अवस्थामा रहेकाे शाहले बताए । उनले भने,’वाइन निर्माणमा शतप्रतिशत शुद्ध अर्गानिक वस्तुहरूको प्रयोग गरिएको छ । पहिले जगंलमा पाईने मेल, डिमुरबाट उत्पादन गरेको वाइन, डिमुरको नामक बजारमा आएता पनि बिबिध कारण बस निरन्तरता दिन भने सकेको थिएन अहिले कानुनी काम सम्पन्न गरि बजारमा ल्याएको हो ।
उच्च प्रविधिको मेसिन नहुदा केहि समस्या भएको अहिले मेसिन ल्याएर वाइन बजारमा ल्याएको हो । उद्योगका सचिव दत्त बहादुर पुनले जानकारी दिए । उनले भने,यस अघि ‘मेसिनमा देखिएको समस्याका कारण हामीले उत्पादन गरेको वाईन बजारमा लैजान सकेको थिएनौँ, अब हामी निरन्तर बजारमा लग्छौ केही महिना पछि किवि वाइन पनि बजारमा ल्याउन तयारी भएको उनले बताए ।
स्थानीय स्तरमै फलेको फलफूलबाट बनाइएको अर्गानिक डिम्मुर वाइन र किवी वाइनको पश्चिम नेपालसँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा पुर्वका क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ ।
यसअघि उद्योगले जगंलमा पाईने फल मेल र डिमुरबाट ३२ लाख रुपैयाँ आम्दानी गरिसकेको जनाइएको छ ।किसानबाट खरिद गरेर ल्याएको फलफुलको १ करोड रकम मध्ये ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको र बाँक ५० लाख किसान सँगको सहमतिमा अब केही दिन भित्रमा गरिसक्ने उधोगका सचिव पुनले बताए । डिमुर वाइन को प्रति वोत्तल ८ सय ५० रुपैयाँ जति पर्ने जनाइएको छ ।