इजरायल र प्यालेस्टाइन द्वन्द्वका कारण बुधबार गाजाको अस्पतालमा भएको आक्रमणमा परी कयौं बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी, कुरुवाको निधन भएको छ । गाजा सहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमण निन्दनीय छ । अस्पतालमा भएको आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
विद्रोही समूह हमासले थालेको आक्रमणका कारण इजरायल क्रुद्ध बनेको छ । इजरायलमा भएको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएका छन् । एकजना अझै बेपत्ता छन् । यो घटनाप्रति नेपाल आक्रोशित छ । हमासको यो कायरताको घोर निन्दनीय छ । त्रसित नेपालीहरु नेपाल फर्कने क्रम जारी छ । अरु देशका नागरिकको उद्धार इजरायलबाट जारी छ ।
इजरायलमा हमासको आक्रमणमा परी एक हजार ३०० जनाको ज्यान गइसकेको रिपोर्टहरुमा उल्लेख छ । क्रुद्ध इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा दोब्बरभन्दा बढी करिब तीन हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् ।यहीबेला अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन् ।
मास इजरायल युद्धमा इजरायललाई हौसला दिन बाइडेन तेल अभिभ पुगेका हुन् । उनलाई त्यहाँका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका छन् । बाइडेन युद्धका बीचमा इजरायल पुग्नुलाई महŒवका साथ हेरिएको छ । तर शान्ति क्षेत्र अस्पतालमा कयौंको हाताहत हुने गरी भएको आक्रमणका जति निन्दा गरे पनि त्यसको कमी हुँदैन ।
मानवीय हिंसा जुनसुकै पक्षले गरे पनि त्यो हिंसाको समर्थन विल्कुलै सही हुन्न । हमासले गरेको आक्रमणको निहुँमा निहत्था जनतामाथिको बर्बर आक्रमण सही हुन सक्दैन । अझ इजरायल पक्षले गाजा क्षेत्रमा गरेको नाकाबन्दी यो घोर निन्दनीय छ ।
संसारका शक्तिशाली राष्ट्रहरु इजरायल प्यालेस्टाइनी भिडेझैं देशहरु भिडेको हेर्नमा रमाउँछन् । यसअघि युक्रेनलाई शक्तिशाली राष्ट्रहरुले रुसविरुद्ध उचालेको थियो । युक्रेन अहिले मानवीय र भौतिक क्षति बेहोरेर मौन बसेको छ । रुसविरुद्ध उत्रिँदा त्यहाँका प्रधानमन्त्री जेलेन्स्कीको विश्वभर वाहवाही गरिएको थियो । युद्धले थलिएका उनलाई अहिले विचराबाहेक गर्न सक्ने थोक केही छैन ।
यो प्रकरणबाट युद्धग्रस्त देशहरुले सिक्नुपर्ने हो । तर, रिसको बेला कसले वेद पढ्छ र भनेझैं आफूआफूमा भिडिरहेका छन् । जसका कारण निहत्था जनताको अकालमा ज्यान गइरहेको छ । जुनसुकै युद्ध होस् न्यूनतम मानवीयताको सीमा उल्लंघन नहोस् । गाजाको अस्पतालमा भएको आक्रमण घटना निन्दानीय छ । यस्तो अमानवीय कार्य तत्काल बन्द गर्नुपर्छ । उक्त क्षेत्रमा चाँडै शान्ति छाओस् ।