काठमाडौं - होटेल चेकआउटमा नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत भुक्तानी गर्दा छुट दिने भएकाे छ ।होटेल एन्ड होमको वेबसाइटमार्फत डिजिटल वालेट आइएमई पेबाट भुक्तानी गर्दा छुट दिने सम्झौता गरेको हाे ।
सम्झौताअन्तर्गत होटेलको वेबसाइटमार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १०५ छुट प्राप्त गर्ने जनाइकाे छ ।
होटेल नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ। आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्।