सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता नेपालले राष्ट्रसंघको झण्डामुनि रहेर महŒवपूर्ण भूमिका खेल्दै आएको छ । नेपालको परराष्ट्र नीतिमा राष्ट्रंघको बडापत्रलाई अनुशरण गरिएको छ । विश्वमा शान्ति स्थापना गर्ने राष्ट्रसंघको हरेक अभियानमा नेपालले साथ दिँदै आएको छ ।
नेपालले सन् १९६९–७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको इतिहास छ । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसंघ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो ।
पहिलो नेपाली युनिट पुरानो गोरखगण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसंघका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदै आएको छ । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरीयतामा भएको राष्ट्र हो । विश्वका १३ मिसनमा हाल नेपाली सेनाका पाँच हजार ८२६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका १९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् ।
त्यसमध्ये ५८६ महिला शान्ति सैनिक रहेका छन् ।यता नेपालमा शान्ति स्थापनाका लागि पनि राष्ट्रसंघले भूमिका खेल्दै आएको छ । राष्ट्रसंघले नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) पठाएरसमेत सहयोग पु¥याएको थियो । सशस्त्र द्वन्द्व अन्त्य गरी शान्तिपूर्ण अवस्थामा ल्याउन राष्ट्रसंघले नेपालका दलहरुलाई निरन्तर दबाब दिँदै आएको छ । द्वन्द्वमार्फत शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादी (हाल माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल हाल देशको प्रधानमन्त्री छन् ।
यद्यपि, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने काम अझै अपूरै रहेको छ । दलहरुबीचको खिचातानीले उक्त कार्यमा विलम्ब भइरहेको छ । यही सन्दर्भमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने नेपाल भ्रमणका लागि आइपुगेका छन् । शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउन निरन्तर दबाब दिँदै आएका उनी आफैं नेपाल भ्रमणमा आउनुलाई विशेष महŒवका साथ लिइएको छ । जुन स्वाभाविक पनि हो । यो भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि नेपाल सरकार र राजनीतिक दलका नेतृत्वहरुमा दबाब पुग्ने अपेक्षा गर्न सकिन्छ ।
यस हिसाबले गुटेर्रेसको नेपाल भ्रमणले एक सकारात्मक सन्देश जाने निश्चित छ । प्रधानमन्त्री दाहाल स्वयं यसका एक प्रमुख जिम्मेवार व्यक्ति भएको हुँदा उनलाई थप जिम्मेवार बनाउनसमेत गुटेर्रेसको भ्रमणले भूमिका खेल्न सकोस् । साथै, राष्ट्रसंघमा नेपालको भूमिका थप मजबुत बनाउन तथा नेपालका मुद्दाहरु सम्बोधन गराउनका लागि महासचिव गुटेर्रेसको नेपाल भ्रमण सार्थक बनोस् ।