कुरा यही बुधकारको हो । म काम बिशेषले नेपालगन्जले महेन्द्र बहुमुखि क्याम्पस गएको थिएँ । मैले क्याम्पसको केही काम गर्नुपर्ने भएकाले म त्यहाँको बिभागिय सरलाई खोज्दै गएको थिएँ । क्याम्पस भित्र प्रबेश गर्दै गर्दा त्यहाँ क्याम्पसका केही सरहरुसँग भेट भयो उहाँहरुलाई सोध्दा क्याम्पस बिदा भएका कारण प्राध्यापकहरु नआउने र प्रशासन मात्रै खुल्ला रहेको जानकारी दिनुभयो । त्यो जानकारी पाएपनि परिक्षा फर्मका बिषयमा प्रशासन शाखाबाट जानकारी लिएर हामी क्याम्पसको पुस्तकालय तिर लाग्यौँ ।
पुस्तकालय भित्र प्रबेश सँगै त्यहाँको अवस्था देखेर मेरो मनमा जिज्ञासाहरु पलायो मैले त्यही रहेका एक जना सरलाई पुरस्तकालयका बारेमा सोधे उनको कुरा सुन्दा निकै दुःख लागेर आयो । बिगतका बर्षहरुमा निकै बिद्यार्थीहरुको चाप रहने सो पुस्तकालय हाल खासै उपयोगमा रहेनछ । पुरस्तकालय छ तर बर्षाैं पुराना पुस्तकहरुले भरिएको छ । समय सँगै फेरीरहने सेलेबसका कारण ति पुरस्तकहरु प्रयोग भन्दा पनी सजावटका लागि मात्रै राखिएको देखियो । उसो त क्याम्पसमा अहिले बिद्यार्थीको चाप पनि निकै कम छ तर बिद्यार्थीको अनुपातमा पुस्तकालयमा पुस्तक नपार्इँदा पुरस्तकालय प्रतिको आकर्षण घटेको पाईन्छ । अर्को कुरा पुरस्तकालयका लागि मात्रै क्याम्पसका कर्मचारीहरु छन् भन्ने सुनिन्छ तर पुरस्तकालयको सरसफाई नगर्दा पुरस्तकालय प्रबेश पश्चात जिर्ण भवनमा पसेको अनुभति हुन्छ । मैले पुस्तकालयको आवश्यकता छैन भन्न खोजेको हैन तर बिद्यार्थी सँख्या कम छ भने ठुलो भवनमा पुस्तकनै नभएको पुस्तकालय राख्नुको खासै औचित्य देखिदैन त्यसैले आवश्यकता अनुसार पुस्तकालयलाई ब्यवस्थित गर्दै जानु अपरिहार्य छ हैन भने महेन्द्र बहुमुखि क्याम्पसको पुरस्तकालय बिस्तारै एउटा संग्राहालयको रुपमा रहने र कर्मचारीहरु बेकामे हुने कुरामा शंका छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:५२