काठमाडौं - ललितपुरको जाउलाखेलस्थित खेल मैदानमा पुष्प मेला भइरहेको छ । १६औँ पुष्प मेलाकाे अवसरमा पुष्प कृषक एवम् व्यवसायीहरुलाई उत्साहमूलक फूलको प्रतियोगितात्मक प्रदर्शनी मगंलबार फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान)ले आयोजना गरेकाे हाे ।
आयोजित १६औँ पुष्प मेलामा फूलको प्रतियोगितात्मक प्रदर्शनी कृषि तथा पशुपन्छि विकासमन्त्री डा बेदुराम भुसालले अवलोक न गरेका छन् ।कार्यक्रममा सांसद गणेश पराजुलीले शुभकामना र स्वागत मन्तव्य दिएका हुन् ।
यस पुष्प मेलामा विभिन्न नर्सरीहरु प्रितियाेगितामा सहभागी भएका छन् । उत्कृष्ट हुने नर्सरीहरुलाई नगद, शिल र प्रशंसापत्र प्रदान गरिएकाे छ । यो मेला कार्तिक १४गतेबाट सुरु भई कार्तिक १८ गतेसम्म चल्ने आयोजकले बताएको छ । आयोजकका अनुसार मेला विहान ९ बजेबाट बेलुकी ५ बजेसम्म रहने छ ।
यस मेलामा सहभागी हुन सर्वसाधरणका लागि प्रवेश शूल्क रु. एक सय रुपैँया र विद्यार्थीका लागि भने रु.पचास रुपैँया शूल्क लाग्ने छ ।