काठमाडौं– गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुलस्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच ‘कृशा’को लोकार्पण गरिएको हो ।
कार्यक्रममा रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार संघका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा बरिष्ठ संगीतकार राजु सिंह, चलचित्र विकास बोर्डका पुर्वसदस्य उत्तम केसीलगायतले एल्बमको सार्वजनिक गरेका थिए ।
सार्वजनिक ‘कृशा’ एल्बममा ‘मेरो त लफडा भाछ यार’, ‘गलबन्दी तानातान’, ‘दुई चुल्ठी कपाल’, ‘प्रिति चोखो छ’, ‘तिमीलाई देख्दा छिट्टो छिट्टो’, ‘मूलको पानी’, ‘लाउन हो माया पिरती’, ‘वर्षौँ वर्ष तिमीलाई मैले’, ‘पश्चिममा राम्रो पोखरा’, ‘मलाई जुनको होइन उनको’जस्ता गीत समावेश गरिएको छ । सुशीला पौडेल, राज खडका, आशुतोष राई, ताराप्रकाश लिम्बु, गोपी दाहाल, विनोद खुम्बुको शब्द रहेको एल्बमका गीतमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, राज खड्का, विनोद खुम्बु र आशुतोष राई को सङ्गीत रहेको छ ।
एल्बममा रहेका गीतमध्ये ‘गलबन्दी तानातान’, ‘दुई चुल्ठी कपाल’, ‘तिमीलाई देख्दा छिट्टोछिट्टो’ र ‘पश्चिममा राम्रो पोखरा’मा गायिका मेलिना राई, जुन प्रसाईं, मिलन नेवार र दीपा तामाङले घलेलाई स्वरमा साथ दिएका छन् । एल्बम सार्वजनिक समारोहमा एल्बमा समावेस भएको गीत ‘गलबन्दी ताना तान’को भिडियो देखाइएको थियो । जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी बर्देबा र राज खड्कालाई फिचरिङ गरिएको छ ।
गायक घलेको यो भन्दा अघि एल्बम ‘कमल’ श्रोता÷दर्शकमाझ आएको थियो । ‘मेलै स्रोता÷दर्शकमाझ दोस्रो एल्बम ‘कृशा’ लिएर आएको छु मेरो पहिलो एल्बमका गीतले जस्तै यस एल्बममा रहेका गीत र गीतको भिडियोले श्रोता÷दर्शकको माया पाउनेमा आशावादी छु’, उनले भने ।