काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत १ जनालाई पहिलो रु १ लाख बिजेताको नाम घोषणा गरेकाे छ ।
हिन्दु नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई सिटी ट्रान्सफरले पहिलो रु १ लाख बिजेताको नाम घोषणा गरेकाे हाे ।
कम्पनीले विद्दुतिय प्रणालीद्वारा लक्की ड्रमार्फत विजेता छनौट गर्दा “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजनाअन्तर्गत यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुन् ।
लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
सोही योजना अनुरुप अहिले सम्म ३१०० जनाले रु ५०० को वालेट टप् अप, २० जना सप्ताहिक बिजेताहरुले जनही रु २५,००० जित्न सफल भैसकेका छन् भने १ जना भाग्यशाली मासिक बिजेताले रु १ लाख जित्न सफल भएका छन् ।
कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।