काठमाडौं– आइसिसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनल खेलमा नेपालले ओमानलाई जीतका लागि एक सय । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।
नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका हुन् ।