कुरा यहि बुधबारको हो म काम विशेषले जिल्ला प्रशासन कार्यालय गएको थिएँ । मैले मेरो काम राहदानी फाँटमा भएका कारण सिधै सो फाँटमा गए मैले सो फाँटमा बसेका कर्मचारीलाई राहदानीको बारेमा बुझ्न खोज्दा एकदमै झर्किएर बोले । मैले बिनम्रतापूर्वक अनुरोध गरँे सर मैले खालि प्रक्रियाको बारेमा जान्न खोजेको हुँ अहिले समय छैन भने म कतिखेर आउने भन्नुहोस् म त्यही बेला आउँला तर उनले मेरो कुरा एक सुनेनन् र ठुलो स्वरले तपाई यहाँ बाट निस्किनुहोस नत्र प्रहरी बोलाउँछु भन्दै झर्किए ।
त्यहाँ धेरै सेवाग्राहीहरु थिए सबै म तिर हेर्न थाले मैले प्रतिकार गर्न सकिन । म त्यहाँबाट जवाफ बिनै फर्किए सो बारेमा सम्बन्धित निकायमा गुनासो गर्दा समाधान होला भन्ने सोचेर म प्रशासकिय अधिकृतको कार्य कक्षमा पुगेर त्यहाँ भएको कुरा जानकारी गराउँदा कर्मचारी कसैले के भन्छन् सबै एक नासका हुदैनन् त्यो कुरा छोडिदिनुस् भन्दै उल्टै सम्झाउन थाले । उनले बिषयलाई नै छोडेर अन्य कुरा गर्न थालेपछि म प्रमुख जिल्ला अधिकारी कहाँ जाने भन्दै निस्किए तर प्रमुख जिल्ला अधिकारी बाहिर गएको जानकारी पाएपछि म समस्या समाधान नहँुदै घर फर्किएँ ।
म एउटा सेवाग्राही भएको कारण मैले कर्मचारीबाट पाउने सेवा त पाईन नै सकारात्मक ब्यवहार समेत नपाउँदा खिन्न लाग्यो जिल्ला मै सरकारी निकायको नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय भित्र नै सेवाग्राहीहरुलाई यसरी राम्रो व्यवहार नगरि हप्काउने कर्मचारी लाई सचेत गराउन किन नसकेको होला ?
- एक प्रत्यक्षदर्शी
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:५५