शुक्लाफाँटा -बाँसबाट निर्मित भकारी बिक्रीका लागि राखिएका छन् । शुक्लाफाँटा नगरपालिका–१० काे झलारी बजारमा बाँसबाट निर्मित भकारीहरु बिक्रीका लागि राखिएका हुन् ।
परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन् ।
समय परिवर्तनसँगै बाँसका भकारी लाेपन्मुख हुँदै गएका छन् । भकारीको प्रयाेग कम भएसँगै बाँसका भकारी बनाउने सीप हस्तान्तरण गर्न निकै कठिन हुँदै गइएकाे पाइएकाे छ। यसका साथै वैदेशिक राेजगारीकाे माेहले बाँसका खेती र यसबाट बनिने भकारीका साथै अन्य उपयाेगी सामाग्रीकाे पनि लाेप हुने प्रबल सम्भावना बाेकेकाे छ ।
यस्ता विषयमा स्थानीय सरकार एवम् आम जनमानसले ध्यान दिनुपर्ने देखिएकाे छ ।