काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले भने ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।