मध्यरात जमिन थरथरी कापिरहन्छ । मस्त निद्रामा छन् मान्छेह? । सातै बजे ओछ्यानमा पुग्ने गाउँलाई बत्ती दिन कञ्जुस्याइँ गरेका छन् कुलमानले । अहिले हैन उहिलेदेखि । बिजुली पोल हाल्दा सिन्दुरेजात्रा गर्ने गाउँलेह?ले राति १० बजेदेखि जूनकै उज्यालोमा भर पर्नुपर्ने थियो ।
यो शुक्रबार भन्ने बार पनि कस्तो कस्तो ! २०५८ को जेठ १९ गते दरबार रक्तरञ्जित गरेको थियो । अहिले फेरि उही शुक्रबार माटाका घरभित्रै सयौं पुरिन प¥यो । ‘मध्यरातमा उज्यालो भइदिएको भए पनि बाँच्न सक्थे नि धेरै मान्छे !,’ रंगवीर काका भन्दै थिए, ‘क्या अर्छौ, दिन आयापछि कसको क्या लाग्न्या रैछ र ।’
उता इजरायलमा पनि उही शुक्रबारको राति नै हमासले धमास गरिदिँदा १० जना नेपालीले ज्यान गुमाउनुपरेको थियो । यता त घरले पनि थिच्यो भाग्यले पनि थिच्यो । रंगवीर काका आँखाभरि आँशु गर्दै बञ्चराले चिरेर आधा पारेको दाउराको चिर्कटोजस्तै बनेको घर देखाउँदै भन्दै थिए । ‘ऊऽ त्यहाँ हेर यस्तो हरिविजोग भएको छ । पछाडिको झ्यालबाट हाम्फालेर बाँचे । तर अ?लाई गुहार लगाउँदै लगाउँदै सबैलाई थिचिगो,’ उनी भक्कानिन थाले ।
एक–दुई कान मैदान भनेजस्तै भूकम्पले त्यहाँमात्र हल्लाएको थिएन ! धेरै जिल्ला हल्लाको थियो । कति सुतेर बसे, कतिले पत्तै पाएनन् कति ज्यान जोगाउन ओछ्यान छाडेर भागाभाग पनि गरेका थिए । मध्यरातदेखि नै सामाजिक सञ्जाल रंगिन थालेको थियो । मिस्डकल, झट्का, माया कुन्नि के–के अनेकर्थमा ।
‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि पनि तर्सन्छ’ भनेजस्तै १२ वैशाख २०७२ ले सबैलाई सताएको थियो । केही हप्ता अगाडिमात्र बझाङलाई जिस्काएको थियो । पटक–पटक झट्का दिई नै रहेको थियो । अहिले हल्लेको हल्यै गरिरहेको छ । शनिबार बिहानै ‘गाइने किरा’ जस्तै गरी हेलिकप्टर आकाशमा फन्को मार्दै थियो । हरियो किराले फन्को मारेपछि गरिब जनतामा आशा त थियो । हरेकका घरबारीमै मिलेको थियो । सग्ला घर देखिन मुश्किल नै थियो ।
भुइँ हल्लिएर प्यालेस्टाइनको गाजाजस्तै देखिने गरी ध्वस्त भएका माटाले बनेका ती घरह? भत्किएर धुलाम्यै थियो । धूलो उडि नै रहेको थियो । गाजामा इजरायलले प्रहार गरेको रकेटले निस्किएको धुँवाको मुस्लोजस्तो ।देशमा संकट आइपर्दा मन नदुख्ने को नै हुन्छ । पहिरोले पहाड भत्काउँदा तराईलाई निकै पीडा हुन्छ । तराईलाई बाढीले डुबाउँदा पहाडमा आँशु झर्छ । शनिबार बिहानै मट्यांग्रोले प्रविधिको प्रयोग गर्न किन छाड्थ्यो र ? उता रंगवीर काकाह?को अवस्था जान्न चाहिरहेको थियो । उता मुग्लानबाट आउँदा उपहार पाएको हावा चिठ्ठी (स्मार्ट फोन) मा नम्बर दबाउन थाल्यो ।
रंगवीर काकाह?ले नै चुनाउमा जिताएर पठाको अनि परऽदेशको अर्थमन्त्री पनि भाका वेदराज सिंहको हावा चिठ्ठीले एकैपटकमा उत्तर दिइहाल्यो ‘हजुर मर्जी होस्, यहाँ त विजोग छ ।’ अ? बोल्न सक्ने आँट मट्यांग्रालाई पनि आएन । ‘सुरक्षित भएर सेवा गर्नू । विपद्ले यो मेरो यो तेरो पनि भन्दैन । को ठूलो को सानो पनि भन्दैन । दैवी प्रकोप र विपद्बाट क्षति न्यूनीकरण गर्ने हो जोखिमबाट बच्ने हो,’ उताबाट उत्तर आयो । हवस् हजुर धन्यवाद ।
मान्छेले अ? त के नै गर्न सक्छ र ? ‘दिएर आफ्नो, खौरिएर मसिनो’ कहाँ हुने हो र ? सबैभन्दा ठूलो कुरा त मन नै हो नि । धन जति नै ठूलो भए पनि मन सानो छ भने के काम लाग्ने रैछ र ? रंगवीर काकाका गाउँमा अहिले ‘टुरिस्ट’ धमाधम गइरहेका छन् । बहत्तर सालमा गोर्खादेखि सिन्धुपाल्चोकसम्म जानेह? पुगेका छन् कि छैनन् थाहा छैन । दुई–चारवटा बिस्कुट र चाउचाउका पोका बोकेर सामाजिक सञ्जालमा छाउने टुरिस्टह?लाई रोक्नुपर्छ ।
जहाँका नागरिकको गाँस, बास र कपास नै सकिएको छ त्यहाँ टुरिस्ट होइन राज्यसत्ताले नै चाँजोपाँचो मिलाउने हो । पीडितको आँशु पुछ्ने काम गर्ने हो । तर, अहिले त्यस्तो छैन । विपद्का बेला धेरैको कमाउने मेलो बन्ने गरेको छ । मट्यांग्राले रंगवीर काकालाई त्यही भनेका छन् । चुनाउ जितेर जानेलाई पनि त्यही सुझाएका छन् । मान्ने पो कसले हो र !
लाखौं खर्चिएर गाइने किरा चढेर टुरिस्टह? जानुभन्दा गाइने किरा चढ्ने फजुल खर्चले चिसो सिरेटोबाट बच्न न्यानो कपडा पठाइदिए हुन्न र ? आफैं जानैपर्ने हो र ? के त्यहाँ राज्यको कुनै अंग छैन र भएभरका टुरिस्ट जानुपर्ने ? तँ पहिला कि म पहिला भन्ने बेला हो र ? पक्कै पनि हुँदै होइन । यो त संकटको बेला हो । उद्धारको समयमा हो त्यसपछि राहतका अनि विकास कुरा होला नि ?
रंगवीर काका भन्दै छन्, ‘कत्ति कष्टले बनाएको त्यो घर एकै छिनमा स्वाहा बनाइदियो । अब के गर्ने ? कसरी बनाउने ?’ मट्यांग्राको बोली फुट्न सकेको छैन । बहत्तरमा यसैगरी ध्वस्त भएका घरह? अहिलेसम्म बनेका छैनन् तपाईंको के बन्ला र रंगवीर काका भन्न पनि सकिरहेको छैन !
विदेशबाट आएका टुरिस्टदेखि स्वदेशका टुरिस्टले हल्लाखल्ला धेरै गरे तर, पीडितको आँशु चुहिएको चुहियै । बहत्तरकाले समेत एउटा टेको लगाउन सकेका छैनन् । तर तिनै पीडितको आँशु देखाएर आएको अर्बौं ?पैयाँ खै कसको ढुकुटीमा गएर भरियो ? दामासाही गरेर बाँडेको भए पनि सबैका घर हुन्थे । तर उही गाइने कीरा चढ्ने र तारे होटलमा छल गरेर फल खानेह?ले नै सत्यानाश पारिदिए ।
धेरैको कथा एउटै छ । व्यथा उस्तै छ । मन चकमन्न छ । बोल्नेको पीठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने गतिछाडा व्यवस्थामा कसले पो न्याय पाउँछ र ? पीडितको आँशु पुछ्ने होइन त्यही आँशुलाई बेचेर खानेह?कै चकाचक छ । भूकम्प, टुरिस्टह?ले पीडितको आँशुमा अझै आँशु बढाउने काम पो गर्दै छन् कि ? त्यसै ऊबेलामा भनिएको हैन रहेछ, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर मलाई अझ दुःख दे !’