काठमाडौं– ब्राजिल र अल हिलाल फरवार्ड नेमारका नवजात छोरी माभीकी आमा ब्रुना बियानकार्डीको घर साओ पाउलो राज्यको कोटियामा एक आपराधिक गिरोहले आक्रमण गरी लुटपाट गरेको छ।
उक्त गिरोहले नेमारकी छोरी माभी र ब्रुनालाई अपहरण गर्ने प्रयास गरेको बताइएको छ । तर, आक्रमणको समयमा दुवै घरमा थिएनन्।
म्युनिसिपल सिभिल गार्ड (जीसीएम) का अनुसार कारबाहीमा संलग्न एकजना अपराधी, पक्राउ भइसकेका छन् भने अन्य दुई महँगा झोला, घडी र गहना लिएर फरार भएका छन् ।
घरमा केही अनौठो कुरा भइरहेको देखेपछि छिमेकीले प्रहरीलाई फोन गरेका थिए । मंगलबार घटेको यस घटनाको बारे भने नेमारले सामाजिक सञ्जालमा अहिलेसम्म कुनै बयान दिएका छैन्। नेमारको प्रेमिका ब्रुनो बियानकार्डीले छोरीलाई गत ओक्टोम्बर ६ मा जन्म दिएकी थिईन् ।