काठमाडाैं - भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि हिमालयन बैंक लिमिटेडले सहयोग प्रदान गरेको छ ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको हाे ।
गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पुर्याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई बुधबार हस्तान्तरण गरेको छ ।
यसैगरी मुसिकोटकाे रुकुम पश्चिमलाई भने बिहीबार बैंकले अत्यावश्यक खाद्यान्न हस्तान्तरण गरेको छ ।