मनाङ -नेपालमा चिसो बढेसँगै विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी पनि जम्दै गएकाे छ।
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित तिलिचो तालको पानी चिसो बढ्दै गएपछि तालको पानी जम्न थालेको हो ।
मनाङको अग्लो स्थानमा रहेको तिलिचो ताल पाँच हजार ९१९ मिटर उचाइमा रहेको छ । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् ।