काठमाडौं - शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार एक लाख १३ हजार ७५० रुपैयाँमा छापावाल र एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, एक हजार ३ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।