कुरा यहि बुधबारको हो म काम बिशेषले नेपालगंज उप–महानगरपालीका वडा नं. १० स्थित रानि तलाउ खुद्रा तरकारी बजार केन्द्र को बाटो हुँदै रंगशाला तिर जादै थिएँ । म नेपालगन्जको त्रिभुवन चौकको बाटो गएका कारण रानितलाउ नजिकै पुग्दा मैले दूर्गन्धको महशुस गरे जति म तरकारी मण्डी नजिक पुग्दै थिए त्यति बढी दूर्गन्ध आईरहेको थियो । म एक पटक रोकिए मलाई लाग्यो कतै रानितलाउ भित्र केही जनावर मरेको त छैन ? मैले सडक छेउबाट तलाउमा हेरे तर तलाउमा त्यस्तो केही पनि देखेन म सरासर अगाडि बढे जब म तरकारी मण्डी तिर मोडे मैले त्यो दूर्गन्ध सहन नसकि मास्क नै लगाउनु प¥यो । हत्त न पत्त मैले मास्क लगाए अनी अगाडी बढे अगाडी बड्दै गर्दा मैले तरकारी मण्डी अगाडी फोहोरको डंगुर देखे त्यो दृष्य देखि नसक्नु थियो मलाई बान्ता होला झै भयो यही बेला एक जना पसले आएर प्लाष्टीकमा राखिएको फोहोर त्यही मिल्क्याए मेरो मन खिन्न भयो । त्यस्तै दूर्गन्ध सहेर नाक थुन्दै तरकारी किन्दै थिए ग्राहकहरु ।
नगर सरसफाईका चर्का नारा लिई अगाडि बढी रहेको नेपालगन्ज उप–महानगरपालीका के हेरेर बसेको होला जस्तो लाग्यो । अर्को तिर बजार ब्यवस्थापन समितिको काम के रकम उठाउने मात्रै हो त ? प्रश्न माथि प्रश्न मेरो मानस पटलमा आउन थालेपछि म त्यहाबाट आफ्नो बाटो लागे ।
नेपालगन्जको सबैभन्दा पुरानो र ठुलो सो तरकारी मण्डीमा सबै जसो ब्यक्ति साँझ तरकारी किनमेल गर्न जाने गर्दछन् तर रोगको महामारि फैलाईरहेको फोहोरको डंगुर ब्यवस्थान तर्फ कसैको ध्यान नै जान सकेन । आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको सो फोहोर ब्यवस्थापनमा सम्बन्धित पक्षको ध्यान जाओस् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४ ०८:५७